स्वरोजगार लघुवित्तको खुद मुनाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं,२८ साउन । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १३ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशत धेरै हो । यस संस्थाले अघिल्लो वर्ष ७ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ३६ करोड ५२ लाखबाट बढेर ४२ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । त्यस्तै, फि तथा कमिसनको रकम पनि बढेको छ । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । इम्पेयमेन्ट चार्ज ५ करोड ५८ लाख रुपैयाँबाट बढेर ५ करोड ८६ लाख पुगेको छ ।

चुक्ता पुँजी ६७ करोड ११ लाख ४ हजार रुपैयाँ रहेको स्वरोजगार लघुवित्त जगेडा कोषमा २७ करोड ६९ लाख रुपैयाँ जम्मा रहेको छ । लघुवित्तको प्रति सेयर आम्दानी १९.७५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ १५४.४२ रुपैयाँ छ । एनपीएल ५.५६ प्रतिशत कायम भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्