सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं,२८ साउन । सूर्यज्योति लाइफ कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा उच्च दरले बढेको  छ ।

कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ३९ करोड ६५ लाख रुपैयाँ छ । अघिल्लो आ.व. २०७९/८० मा यस्तो नाफा १६ करोड ११ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद नाफा १४६ प्रतिशत बढेको देखिएको छ ।

गत आवमा कम्पनीको खुद प्रिमियम संकलन २७.५ प्रतिशत बढेर ९ अर्ब १० करोड छ । अघिल्लो वर्षमा यस्तो प्रिमियम संकलन ७ अर्ब १४ करोड थियो । त्यस्तै कुल आम्दानी पनि ३० प्रतिशत बढेको छ ।

५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५६ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्