नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य गिरावट

काठमाडौं,२८ साउन । नेपाल पुनर्बीमा कम्पनीले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य गिरावट आएको छ ।

पुनर्बीमाले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५१ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यस्तो नाफा १३.४९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष कम्पनीले ५९ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क ८.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ९.३० प्रतिशत बढेको छ भने कम्पनीको खुद दाबी भुक्तानी ०.९१ प्रतिशत र कुल खर्च ८.७४ प्रतिशत बढेको छ ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६३ पैसा घटेर ४ रुपैयाँ ३ पैसामा झरेको छ । असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १९२.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ४५ पैसा रहेको छ ।

चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको यस कम्पनीको विशेष जगेडा कोषमा ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २७ करोड ६३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा १ अर्ब ८ करोड रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ८० लाख रुपैयाँ रहेको प्रकाशित बिवरणमा छ ।

 

प्रतिक्रिया दिनुहोस्