साना किसानले बढायो नाफा, इम्पेयरमेन्ट चार्ज भने १४४ प्रतिशत बढ्यो
काठमाडौं,२८ साउन । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आ.व.को सोही अवधिको तुलनामा यो नाफा २२.७७ प्रतिशत बढि हो । लघुवित्तले यस्तो नाफा अघिल्लो वर्ष ७७ करोड ३५ लाख रुपैयाँ कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी १ अर्ब ६६ करोड ८५ लाखबाट बढेर २ अर्ब १९ करोड ३१ लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि बढेको छ । इम्पेयमेन्ट चार्ज १७ करोड ८८ लाख रुपैयाँबाट बढेर ४३ करोड ६५ लाख पुगेको छ ।
चुक्ता पुँजी ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रुपैयाँ रहेको साना किसानको जगेडा कोषमा ३ अर्ब ९१ करोड ६० लाख रुपैयाँ जम्मा रहेको छ । त्यस्तै वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ । यस संस्थाले उक्त रकमबाट यसले ४५.४४ प्रतिशतसम्म लाभांश दिन सक्छ । संस्थाको प्रतिसेयर आम्दानी २४.९५ रुपैयाँ रहेको छ । प्रतिसेयर नेटवर्थ २४८.८१ रुपैयाँ छ । एनपीएल २.१८ प्रतिशत कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्