पाँच जिल्लामा हैजा फैलिए, ४७ जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं,२६ साउन । वर्खा याममा विभिन्न खाने पानीका स्रोतहरुमा फहोर र बाढी मिसिने भएकाले विभिन्न किटाणुले गर्दा देशभर हैजनको संभावन बढेको छ । हालसम्म पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएर महामारीको रुपलिने अवस्था भएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ र रुपन्देहीका १ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको ईडीसीडीले महाहाखाले जनाएको छ ।

बर्खायाममा खानेपानीसँग दूषित पानी मिसिने सम्भावना हुन्छ । पानीकै कारण खानेकुरा दूषित हुने भएकाले यसले हैजासहित पानीजन्य रोग फैलिने जोखिम हुन्छ । त्यसैले यो मौसममा खानेपानीको शुद्धतामा ध्यान दिन चिकित्सकहरूले आग्रह गरेका छन् । सकेसम्म पानी उमालेर खाँदा पनीबाट सर्ने रोगहरुबाट बच्न सकिन्छ । सकसम्म पानी तताएर उमालेर मात्र पिउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्