आम आदमी पार्टीका नेता मनिष सिसोदिया धरौटीमा रिहा

काठमाडौं,२५ साउन । आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया अन्तत् जमानतमा रिहा भएका छन् ।

भारतको सर्वोच्च अदालतले शुक्रबार जमानतमा रिहा गर्न फैसला दिएको हो । मनिषलाई गत वर्ष फेब्रुअरी २६ मा सीबीआईले पक्राउ गरि जेल पठाइएको थियो ।

सिसोदियालाई १० लाख रुपैयाँ धरौटी राख्न र पासपोर्ट बुझाउन अदालतले आदेश दिएको छ ।

आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदियाको रिहाइलाई लिएर फरक फरक प्रतिक्रिया बाहिर आएका छन् । आम आदमी पार्टीकी राज्य सभा सांसद स्वाती मालीवालले भनेकी छन्, ‘मनिष जीको निर्णयमा धेरै खुसी छु । षड्यन्त्रको जाल तोडेर डेढ वर्षपछि जेलबाट बाहिर आएका छन् ।

सर्वोच्च अदालतको फैसलाप्रति पक्ष र बिपक्षमा प्रतिक्रिया दिएका छन् । भाजपाले पनि यसमा प्रतिक्रिया दिएको छ । बीजेपीका राष्ट्रिय महासचिव दुष्यन्तकुमार गौतमले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘जमानत पाउनुको अर्थ सफाइ होइन ।

प्रतिक्रिया दिनुहोस्