बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसलाई भारतिय प्रधानमन्त्री शुभकामना दिएका छन्
काठमाडौं,२५ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बधाई तथा शुभकामना दिएका छन् । मोदीले सामाजिक सञ्जाल एक्स मार्फत युनुसलाई शुभकामना दिएका हुन ।
अन्तरिम सरकारका प्रमुख युनुसलाई बंगलादेशमा रहेका हिन्दु र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्न मोदीले आग्रह गरेका छन् । शान्ति, सुरक्षा र विकासका लागि दुवै देशका जनताको साझा आकांक्षा पूरा गर्न बंगलादेशसँग काम गर्न प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरेका छन् ।
प्रोफेसर मुहम्मद युनुसलाई उहाँको नयाँ जिम्मेवारी सम्हाल्नु भएकोमा शुभकामना । हामी हिन्दू र अन्य सबै अल्पसंख्यक समुदायहरूको सुरक्षा सुनिश्चित गर्दै सामान्य अवस्थामा चाँडो फर्किने आशा गर्दछौं । शान्ति, सुरक्षा र विकासका लागि भारत तथा बंगलादेशका जनताको साझा आकांक्षा पूरा गर्न दुबै देश प्रतिबद्ध छौं । मोदीले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस्