नेसनल लघुवित्तले गत आ.व.मा कमायो ३४ करोड ९ लाख, अरु सूचक कस्ता ?

काठमाडौं,२५ साउन । नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.कोे चौथो त्रैमाससम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आ.व.को सोही अवधिको तुलनामा ५७.८९ प्रतिशत बढि हो । यस लघुवित्तले अघिल्लो वर्ष यस्तो नाफा २१ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ६५ करोड ९९ लाखबाट बढेर १ अर्ब १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । यता, कम्पनीको इम्पेयरमेन्ट चार्ज २५०० प्रतिशत बढेको छ । इम्पेयमेन्ट चार्ज ८७ लाखबाट बढेर २२ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।

चक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २२ हजार रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ४१ करोड ९३ लाख रुपैयाँ रहेको छ । त्यसैगरि, वितरण योग्य नाफा २८ करोड ११ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी २९.२५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ भने २४५.९० रुपैयाँ छ । एनपीएल ३.२५ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्