नागरिक लगानीकोषको नाफा संगै घट्यो प्रतिशेयर आम्दानी
काठमाडौं,२५ साउन । नागरिक लगानी कोषले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कोषको खुद नाफा र प्रतिशेयर आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केहि घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब १० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ९.९१ प्रतिशत कम हो । अघिल्लो आ.व. कोषले १ अर्ब २२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आ.व. कर खर्च बढेका कारण कोषको नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत र सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेको छ । त्यस्तै, समीक्षा अवधिमा कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेको छ ।
नाफासँगै कोषको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसाले घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ । असार मसान्तमा प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ ।
कोषको असार मसान्तमा चुक्ता पूँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिक्रिया दिनुहोस्