नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै, गदह, नागस्थान, नाग स्थान, नागपोखरीलगायतका स्थानमा श्रद्धालुहरुको घुइँचो

काठमाडौं, २५ साउन । आज नाग पञ्चमीको अवसरमा नागको पूजा गरि यो पर्व मर्नाइन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागपञ्चमीको अवसरमा नागदह, नागस्थान, नाग स्थान, नागपोखरीलगायतका धारा, पानीको मुल भएको स्थानमा नागको पूजा गर्ने चलन छ ।

यही चलन अनुसार काठमाडौं नक्शालूथित नाग पोखरी, भक्तपुरको नागदह, ललितपुरको नागपोखरी लगायत विभिन्न नागमन्दीरहरुमा श्रद्धालुहरुको घुइँचो छ । श्रद्धालुहरुले नागको चित्र वा प्रतिमामा फूल, अक्षता, दूध चढाएर पूजा गर्दछन् । घरको मूल ढोकामा नागको चित्र पनि टाँस्छन् । यसो गर्दा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक जनविश्वास छ ।

यही विश्वासको साथ हरेक वर्ष भक्तपुरको नागदह, काठमाडौंको नागपोखरी र टौदहमा पूजा गर्नेहरुको घुइँचो लाग्दछ । आज नुवाई धुवाई गरि चोखो गर्रि नागपूजा गरि व्रत बस्ने पनि चलन छ ।

प्रतिक्रिया दिनुहोस्