एनआईसी एशिया लघुवित्तको नाफासंगै प्रतिशेयर आम्दानी पनि घट्यो
काठमाडौं,२५ साउन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ ।
लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १२ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १८ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको खुद ब्याज आम्दानी घटेसँगै खराब कर्जा बढेका कारण खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.९२ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ६५.१९ प्रतिशत घटेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.४४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ४९.७१ प्रतिशत घटेको छ । लघुवित्तको खराब कर्जा भने समीक्षा अवधिमा ६.२७ प्रतिशतबाट बढेर ९.९२ प्रतिशत पुगेको छ ।
यस लघुवित्तको वितरणयोग्य मुनाफा ४३ करोड ६० लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७ पैसा रहेको छ ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३ रुपैयाँ ५७ पैसा घटेर ७ रुपैयाँ ३१ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९६.४७ गुणा रहेको छ ।
१ अर्ब ७३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १६ अर्ब ६८ करोड रुपैयाँ निक्षेप तथा सापटीबाट १५ अर्ब ९४ करोड कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्