डलरको भाउले निरन्तर बढ्दै, दिनानुदिन नयाँ रेकर्ड
काठमाडौं, २४ साउन। डलरको भाउले निरन्तर बढ्दै गएको छ । दिनानुदिन नयाँ रेकर्ड बनानउँदै गएको छ । मंङ्गलवार रेकर्ड बनाएको डलरको भाउले हिजो त्यो रेकर्डलाई तोडेको थियो भने आज फेरि डलरको भाउले हिजोको रेकर्ड तोडेको छ । यसल गर्दा नेपाली रुपैया कमजोर बन्दै गएको छ ।
नेपाल राष्ट्र बैंकले आजको लागि डलरको बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा तोकेको छ । हिजो बुधवार डलरको बिक्रीदर १३४ रुपैयाँ ६३ पैसा र खरिददर १३४ रुपैयाँ ४ पैसा थियो । हिजोको तुलनामा आज डलरको भाउ १ पैसा बढेर नयाँ रेकर्ड बनाएको हो ।
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर बन्दै गइरहेको नेपाली रुपैयाँ पनि कमजोर भएको छ । भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर रहेकाले भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर हुने गर्छ । उुले
गर्दा विदेश जाने र सापफे गर्दा नेपालीलाई महंगो बनाएको छ ।
डलरको भाउ महँगो हुँदा पर्यटन क्षेत्र, निकासीकर्ता र रेमिट्यान्स रकम पठाउनेलाई केही फाइदा हुन्छ । तर नेपालको आयातको हिस्सा धेरै भएकोले डलर महँगिदा बेफाइदा बढी हुन्छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ । त्यो मारमा नेपाल परेको छ ।
प्रतिक्रिया दिनुहोस्