बंगलादेशको सेयर बजार लगातार बढ्दै
काठमाडौं,२३ साउन । बंगलादेशको सेयर बजार बुधबार बढेको छ । ढाका स्टक एक्सचेन्जको बेन्चमार्क ‘डीएसइएक्स’ सूचकांक ३.५४ प्रतिशत बढेर सूचक ५६१८.७९ विन्दुमा पुगेको छ । त्यस्तै, ‘डीएस ३०’ इन्डेक्स पनि ४.५१ प्रतिशत बढेर सूचक २०२२.१७ अंक पुगेको ढाका स्टक एक्सचेन्जले जनाएको छ ।
‘डीएसइएक्स’ र, ‘डीएस ३०’ इन्डेक्स राजनीतिक कारणले घटि रहेको थियो । पछिल्लो समय निरन्तर घटेको बजार मंगलबार र बुधबार भने बढेको छ ।
बंगलादेशको राजनीतिक घटनाका कारण बजारमा उतराचढाव देखिएको जनाइएको छ । शेख हसिना र सरकारबाट उनको मन्त्रिपरिषद्को पतनपछि आज लगातार दोस्रो दिन पनि बजार बढेको द डेली स्टरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्