नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको सेयरमा मूल्य समायोजन

काठमाडौं,२३ साउन । नेपाल स्टक एक्सचेञ्ज मा नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
नेसनल लाइफको ४ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य ७३४ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रति सेयर रु ७०५.७७ रुपैयाँ कायम भएको छ ।

त्यसैगरि, सूर्योदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको छ । बुधाबारको अन्तिम कारोबार मूल्य ११५५ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात लघुवित्तको सेयर मूल्य १०१३.११ रुपैयाँ कायम भएको छ । यसै मूल्यलाई आधार मानेर भोली कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्