हमासको शीर्ष नेतामा याह्या सिन्वर

काठमाडौं,२३ साउन । गत हप्ता इरानमा भएको रकेट हमलामा हमासका शीर्ष नेता इस्माइल हानियेको हत्या भएको थियो । त्यसको हप्तापछि हानियेको स्थानमा सिन्वर लाई नियुक्त गरिएका छन् ।

हमास प्रमुख नियुक्त भएका सिन्वर यसअघि सन् २०१७ मा हमासको गाजा प्रमुख बनेका थिए । त्यस्तै, अक्टोबर ७ मा इसराइलमाथि भएको आक्रमणको ‘मास्टरमाइण्ड’ उनी नै रहेको एपीले उल्लेख गरेको छ ।

बिद्रोही स्वभावका हमास नेताले इजरायलमा भएको घटनामा सिन्वर र अर्का नेता मोहम्मद देइफले मिलेर हानियेलाई समेत जानकारी नगराई इजराइलमा आक्रमण गरेको बताइन्छ ।

अक्टोरबर ७ यता इजराइलले हमासका शीर्षमध्येका कमान्डर रफा सलामा, मोहम्मद देइफ, इस्माइल हानियेसहित चार नेताहरूलाई मारिसकेको दाबी गरेको छ ।

हमासका शिर्ष नेता मध्येबाट सिन्वर शीर्ष नेता चुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । कतारमा भएको लामो छलफलपछि सिन्वर नेता चुनिएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले उल्लेख गरेको छ ।

  • एजेन्सीको सहयोगमा ।
प्रतिक्रिया दिनुहोस्