चिलिमे हाइड्रोपावरको नाफा ८५ करोड ८० लाख, प्रतिसेयर आम्दानी ८.१० रुपैयाँ
काठमाडौं,२१ साउन । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्म ८५ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रकाशित प्रतिवेदन अनुसार अघिल्लो आ.व.को तुलनामा ५.९१ प्रतिशतले कमी आएको हो । अघिल्लो वर्ष यसले ९१ करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो । वित्तीय आम्दानी घट्दा यसको असर नाफामा परेको हो । २४ करोड ७२ लाख रहेको उक्त आम्दानी १६ करोड ११ लाख रुपैयाँ कायम भएको छ ।
त्यस्तै, विद्युत बिक्रीबाट हुने आम्दानी १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ रहेको छ । ७ अर्ब ९८ करोड ३९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको हाइड्रोपावरको रिटेन्ड अर्निङमा २ अर्ब ८० करोड ९७ लाख रुपैयाँ रहेको छ । यसको प्रतिसेयर आम्दानी ८.१० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.१९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्