कमलबहादुर शाह सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं,२० साउन । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् ।

आइतबार बिहान नेकपा एमालेको समर्थनमा दाबी पेस गरेका शाहलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाह दोस्रोपटक नियुक्त भएका हुन् । पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।

प्रदेशसभाको पहिलो कार्यकालको ५ वर्ष नै माओवादी केन्द्रका त्रिलोचन भट्ट सुदूरपश्चिमको मुख्यमन्त्री भए । बि.स.२०७९ मंसिरको चुनावबाट गठन भएको प्रदेशसभामा पहिले एमालेका राजेन्द्र रावल, त्यसपछि कांग्रेसका कमलबहादुर शाह र उनीपछि एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री बने । परिस्थितीले फेरी उनलाई मुख्यमन्त्रीको रुपमा अगाडी आएका छन् ।

१७ असारमा का‌ंग्रेस र एमालेको गठबन्धन बनेपछि सोडारी मन्त्रिपरिषद्बाट एमाले बाहिरिएको थियो । अल्पमतमा परेका सोडारीले गत शुक्रबार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिएर मार्ग प्रसस्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्