कब्जा गरिएको वेस्ट बैंकमा छापापछि, ब्यापक इजरायली सेनाको धडपकड
काठमाडौं, २० साउन। इजरायलले कब्जा गरेको वेस्ट बैंकका शहर र गाउँहरूमा रातभर छापा मार्ने र गिरफ्तार गर्ने लहर चलाएको छ ।
दुई प्यालेस्टिनीहरू हेब्रोनको दक्षिणी भागमा रहेको दुराबाट पक्राउ परेका थिए भने एक जनालाई नाब्लसको पश्चिममा रहेको काल्किल्यामा पक्राउ गरिएको थियो ।
रमल्लाह नजिकै देइर निधाम, करावत बानी हसन र देइर इस्तियामा पनि छापा मारिएको थियो, जहाँ एक प्यालेस्टिनीलाई गोली हानी घाइते भएको थियो । यसक्रममा कल्किल्या, बलाता शिविर क्षेत्र र शुफत शिविरमा सशस्त्र भिडन्त भएको थियो ।
शनिबार इजरायली सेनाले तुल्कारेम नजिकै हवाई हमलामा परि मृत्यु भएका चार प्यालेस्टिनीको शव लिएको थियो । प्यालेस्टिनी र अरब युद्ध पीडितको शवको प्राप्तिको लागि राष्ट्रिय अभियान र बेपत्ता भएकाहरूको भाग्यको खुलासाका अनुसार यसले इजरायलले राखेका शवहरूको संख्या ५३३ पुगेको छ ।
गाजामा युद्ध सुरु भएदेखि, इजरायली आक्रमण, सामूहिक गिरफ्तारी र कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टिनीहरूको हत्या ब्यापक बढेको छ ।
यसबीच १४४ नाबालिगहरू सहित, कम्तिमा पनि ६०४ जना मारिएका छन् । २० प्यालेस्टिनी कैदीहरू इजरायली हिरासतमा मरेका छन, सात गाजा र दुई प्यालेस्टिनी इजरायलीमा मारिएकोे पुष्टि भएको छ । ५ पाँच हजार ४०० भन्दा बढी प्यालेस्टाइनी घाइते भएका छन् ।
हमासले इजरेलमा आक्रमण गरेपछि कम्तिमा ९९२० प्यालेस्टाइनीहरूलाई हिरासतमा राखिएको छ । इजरायली सेनाले विगत १० महिनामा १३१ नावालिगका शव मध्ये १७ नाबालिगमध्ये शवलाई नियन्त्रणमा लिएको छ ।
- एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्