नेप्सेमा २१५४ रुपैयाँमा सेयर कारोबार भइरहेको नेपाल फाइनान्सको कस्ता छन् प्रमुख वित्तीय सूचक ?
काठमाडौं,२० साउन । नेपाल फाइनान्स लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
फाइनान्सको यसअवधिमा खुद नाफा १०.०१ प्रतिशतले घटेर १ करोड ८१ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यस्तो नाफा २ करोड १ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यसअवधिमा खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १०.०३ प्रतिशतले बढेर २ करोड ५८ लाख ८३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज र सञ्चालन आम्दानी बढेपनि इम्पेयरमेन्ट चार्ज बढ्दा यस फाइनान्सको खुद नाफा प्रभावित भएको हो ।
फाइनान्सको अघिल्लो वर्ष २ करोड ५० लाख ३९ हजार रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ६२ लाख ५८ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९९ लाख ६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा छ ।
प्रतिक्रिया दिनुहोस्