समाज लघुवित्तको खुद नाफासंगै घट्यो, प्रति सेयर आम्दानी
काठमाडौं,२० साउन । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा घटेको छ ।
लघुवित्तले गत आ.व.को अन्त्यसम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षका यसै अवधिको तुलनामा ३२.३४ प्रतिशत कमको हो । अघिल्लो आ.वको यसै अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
लघुवित्तको खुद ब्याज आम्दानी सामान्य बढेपनि सम्भावित जोखिम बापत धेरै रकम व्यवस्था गर्नु परेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.७८ प्रतिशत बढेको छ । अन्य सञ्चालन आम्दानी ३.१२ प्रतिशत घटेको छ । त्यसैगरि, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २.२७ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.७८ प्रतिशतबाट बढेर ४.८२ प्रतिशत पुगेको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ३ करोड ३१ लाख रुपैयाँ व्यवस्था गर्नु परेको छ । जसका कारण लघुवित्तको सञ्चालन मुनाफा ऋणात्मक भएको हुँला खुद नाफा घट्न पुगेको हो ।
नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ भने समीक्षा अवधिमा लघुवित्तको आम्दानी पनि १५ रुपैयाँ ४६ पैसा घटेर २२ रुपैयाँ ४५ पैसामा आइपुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२९ रुपैयाँ ९७ पैसा रहेको छ ।
लघुवित्तको गत आ.व.को अन्तसम्म २ करोड २८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको संस्थाको जगेडा कोषमा २ करोड ९६ लाख रुपैयाँ सञ्चित छ ।
गत आ.व.को अन्त्यसम्ममा लघुवित्तले २४ करोड ६५ लाख रुपैयाँ सापटी र १६ करोड ५ लाख रुपैयाँ निक्षेपबाट ४४ करोड २७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्