एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, साउन २८ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं,२० । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

इन्स्योरेन्सको यस संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र प्रक्रिया पुरा गरेर इन्स्योरेन्सको केन्द्रिय कार्यालय, काठमाडौँमा प्राप्त हुने गरी निवेदन दिनु पर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्