टिपरको ठक्करबाट मृत्युपछि घोराही–तुलसीपुर सडकमार्ग अवरुद्ध

काठमाडौं,२० । दाङको घोराही-तुलसीपुर सडकखण्ड टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि सो राजमार्ग अवरुद्ध भएको छ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१0 सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी कुलबहादुर बस्नेतको मृत्यु थियो ।

दाङघोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५0८५ नम्बरको टिपरले बा ८५ प ५६0५ नम्बरको मोटरसाइकललाई ठक्कर जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतकका आफन्तीले घोराही–तुलसीपुर सडकखण्डमा अवरोध गरेका कारण सवारी साधन चलेको छैन ।

प्रहरीले टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्