लापसे गरी सवारी साधन चलाउने १ जना र यान्त्रिक अवस्था ठिक नराखि सवारी साधन चलाउने ४२ जना चालकहरू कारबाहीमा

काठमाडौं, १९ साउन । ललितपुरको सातदोबाटोमा शुक्रबार गरीएको विशेष चेकिङका क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने ४२ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । ६८ ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत यान्त्रिक अवस्था ठिक नभएका ४२ ओटा सवारी साधन फेला परेपछी चालकलाई कारबाही गरिएको हो ।
त्यस्तै, लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका एकजना चालकलाई पनि आजै भक्तपुरको जगातीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ना ५ ख १५ ५३ नम्बरका बस चालक दोलखाको गौरीशंकर गाँउपालिका ८ का २५ वर्षीय निम छिरीङ शेर्पालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनको पिसाव, म्चगनक पष्त मा राखेर चेक गर्दा लागुपदार्थ सेवन गरेको प्रमाणित भएको थियो ।
प्रहरी अस्पतालको प्राविधिक सहयोगमा निरन्तर रुपमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो कोटेश्‍वरको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा सवारी साधनका चालकहरूले नशालु पदार्थ सेवन गरेरनगरेको चेक गर्दै आएको छ । जगातीमा आज १० ओटा सवारी साधनलाई चेक गर्दा एकजना सवारी साधनका चालकले भने लागुपदार्थ सेवन गरेको पाइएको हो ।
नियन्त्रणमा आएका शेर्पालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त जगाती बुझाइएको छ ।
चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरीत तथा दण्डनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्‍वराज खड्काले बताउनुभयो ।
सवारी दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सहजिकरण गर्नका लागी ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा लापसे, मापसे, यान्त्रिक चेकिङ लगायतका विशेष चेकिङहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यसरीनै चेकिङलाई कडाइका साथ निरन्तरता दिइने प्रवक्ता खड्काले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्