राजनीतिक स्थायीत्व रआर्थिक परिवर्तनका लागि दुई ठुला दलको आवश्यकता: उपप्रधानमन्त्री सिंह
काठमााडौं, १९ साउन । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायीत्वको र स्थायी शान्ति एवं आर्थिक परिवर्तनका लागि संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा मिलेर सरकार बनाएको बताएका छन् । शनिबार नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसअघि छिटो छिटो सरकार परिवर्तन हुँदा देशमा अस्थीरता भएको भन्दै राजनीतिक स्थीरताका लागि अहिलेको गठबन्धन बनेको उनको भनाई दावि छ । ुराजनीतिक स्थायित्व र स्थीरताको जगमा आर्थिक परिवर्तन, सामाजिक परिवर्तन गर्नेदेखि सबै कुरालाई यावत रूपमा कार्यान्वयन गर्नका लागि यो सरकार गठन भएको छु उपप्रधानमन्त्री सिंहले भने, जिम्मेवारी ठूलो छ । त्यसमा तपाईहरूले साथ सल्लाह अनवरत रूपमा दिनुहुनेछ भन्ने विश्वास छ ।ु
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले आफ्नो क्षेत्रबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री बनेका प्रकाशमान सिंह र प्रदेश सांसद सुरजचन्द्र लामिछाने बाग्मति प्रदेशको आन्तरिक मामिला मन्त्री बनेकोमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्