सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

काठमाडौं,१८ साउन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । आज प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै राजीनामा दिएका हुन ।

सोडारीले भने मेरो पक्षमा विश्वासको मत छ कि भनेर आएको थिए । तर, मेरो पक्षमा विश्वासको मत नदेखेको र विपक्ष दलका नेताहरूले पनि मार्ग प्रशस्त गर्न अनुरोध गर्दै आउनुभएकोले मार्ग प्रशस्त गर्दै राजीनामाको घोषणा गर्न चाहन्छु, उनले भने ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन असार २० गते फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् । सोडारीले विश्वासको मत लिने अन्तिम दिन आज प्रदेशसभालाई सम्बोधन गर्दै विश्वासको मत प्राप्त हुने अवस्था नरहेकोले राजीनामाको घोषणा गरेका हुन् ।

सुदूरपश्चिम प्रदेशमा अब कांग्रेस नेतृत्वको सरकार बन्नेछ । कांग्रेसले अझैसम्म पनि मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्