राष्ट्र बैंकले हटायो संस्थागत लगानीकर्ताको लागि शेयर कर्जाको सिमा
काठमाडौं,१८ साउन । नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर कर्जाको सिमा हटाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार एक परिपत्र जारी गर्दै संस्थागत लगानीकर्ताको लागि शेयर कर्जामा २० करोड रुपैयाँको शेयर कर्जा सीमालाई हटाएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा जारी गरेको परिपत्रमा धितोपत्र बजारमा लगानी गर्ने मूख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो सीमा लागू हुने छैन । व्यक्तिगत शेयर कर्जा १५ करोडको सिमालाई भने निरन्तरता दिएको छ ।
राष्ट्र बैंकले केहि दिन अघि जारी गरेको परिपत्रमा यसबारे केहि उल्लेख गरेको थिएन ।
प्रतिक्रिया दिनुहोस्