आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षा, तराईका केही ठाउँमा हुरी
काठमाडौं, १८ साउन । यो मध्य साउनमा अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसारआज गण्डकी, कोशी र बागमती प्रदेशका एकरदुई ठाउँमा हल्का पानी परिरहेको छ । आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै मधेस र कोशी प्रदेशको तराईका केही ठाउँमा हुरीको पनि सम्भावना रहेको छ । आज राति कोशी, कर्णाली, सुदूरपश्चिम तथा बाँकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले ती ठाउँका बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाका साथै मधेस र कोशी प्रदेश, तराईका केही ठाउँमा हुरीको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्