आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं, १८ साउन । सङ्घीय संसद्को प्रतिनिधिसभा अन्तर्गत आज (शुक्रबार) तीन वटा संसदीय समितिको बैठक बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार आज अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
अर्थ समितिमा आज राष्ट्रिय अर्थतन्त्रका समसामयिक विषयमा अर्थमन्त्रीसँग छलफल गरिने छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबार स्थित समितिको कार्यकक्षमा बस्नेछ । उक्त बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरिने सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।
त्यसैगरी, बिहान ११ बजेका लागि बोलाइएको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको गत आर्थिक वर्ष २०८०(०८१ को वार्षिक प्रतिवेदन माथि छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्