एनआइसी एसिया क्यापिटलले गर्यो ५ वटै म्युचुअल फन्डको लाभांश घोषणा

काठमाडौं, १७ साउन । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ५ वटै म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । क्यापिटलको बुधबार बसेको सञ्चालक समिति बैठकले एनआइसी एसिया द्वारा संचालित सेलेक्ट ३० (इन्डेक्स फन्ड), एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया डाइनामिक डेब्ट फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको वितरण गर्ने लाभांशको बारे निर्णय गरेको हो ।

एनआइसी एशिया क्यापिटल द्वारा संचालित फण्ड मध्ये सेलेक्ट ३० ले सबै भन्दा धेरै करसहित १४ प्रतिशत र ब्यालेन्स फण्डको सबै भन्दा कम करसहित ९.२५ प्रतिशत लाभान्स बितरण गर्न लागेको हो ।

एनआइसी एशिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको हो ।  बन्दमुखी डाइनामिक डेब्ट फन्डका इकाइधनीहरुलाई पनि करसहित १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा भएको छ ।

त्यसैगरि, डेब्ट फन्डको लागि आज बिहीबार (साउन १७ गते) बुक क्लोज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्