राष्ट्रपतिद्वारा बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त

काठमाडौं,१६ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेका छन् ।

साउन १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले निर्णय गरि सिफारिस गरेको नामावलीलाई नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसरी नियुक्त हुनेमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन् ।
यसअघि बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख रहेका थिए ।

नयाँ गठबन्दन बनेसंगै सत्तारुढ दलका तर्फबाट यस अघि नियुक्त भएका प्रमुखलाई हटाई नयाँ नियुक्त गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्