सरकारले गर्यो १८ देशमा राजदूत सिफारिस

काठमाडौं,१६ साउन । सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले अमेरिका, बेलायत, चीन, भारत, अष्ट्रेलिया, जर्मनी, दक्षिण कोरिया, दक्षिण अफ्रिकालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

राजदूतमा सिफारिस भएकाहरुको संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

मन्त्रीपरिषद् बैठकले राजदूतमा सिफारिस गरिएका उमेद्वार र देशको निम्न रहेका छन् ।

१‍)  डा. शंकरप्रसाद शर्मा – भारत
२) कान्ता रिजाल –अष्ट्रेलिया
३)  नरेशबिक्रम ढकाल –साउदी अरेबिया
४)  प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका
५) धनप्रसाद पण्डित – इजरायल
६)  रामकृष्ण भट्टराई – श्रीलंका
७)  सनिल नेपाल – स्पेन
८)  डा. शैल रुपाखेती – जर्मनी
९)  लोकदर्शन रेग्मी – अमेरिका
१०)  चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्य
११)  डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया
१२)  जंगबहादुर चौहान – रुस
१३)  रमेशचन्द्र पौडेल – कतार
१४)  प्रा.डा. कृष्णप्रसाद ओली – चीन
१५)  सुम्निमा तुलाधर – डेनमार्क
१६)  नेत्रप्रसाद तिमल्सिना – मलेसिया
१७) प्रकाशमणि पोखरेल – पोर्चुगल
१८)  रीता धिताल – पाकिस्तान

प्रतिक्रिया दिनुहोस्