आत्मनिर्भर लघुवित्तको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं,१६ साउन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आ.व. २०८०/८१ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
प्रकाशित सो विवरण अनुसार कम्पनीले उक्त अवधिमा १ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तो खद नाफा गत आवमा ४ करोड ८६ लाख रुपैयाँ आर्जन गरेको थियो । जसअनुसार कम्पनीको खुद नाफा उक्त अवधिमा ७१.२६ प्रतिशतले घट्न पुगेको छ ।
खुद ब्याज आम्दानी सामान्य बढेको छ भने निष्क्रिय कर्जा बढेकाले खुद नाफा खुम्चिन पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३.५७ प्रतिशत र अन्य सञ्चालन आम्दानी ३.६२ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३.५८ प्रतिशतले बढ्न पुगेको छ ।
समिक्षा अवधिसम्ममा लघुवित्तको निष्क्रिय कर्जा केहि बढेर १३.२२ प्रतिशत पुगेको छ । त्यस्तै सम्भावित जोखिम शिर्षकमा १७ करोड ६४ लाख रुपैयाँ व्यवस्था गरेको छ । जस्का कारण सञ्चालन मुनाफा ८ करोड ६१ लाख रुपैयाँ ऋणात्मक भएको हो ।
यसैगरी, प्रतिशेयर आम्दानी २०.३७ रुपैयाँ रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १३३.७७ रुपैयाँ छ भने रिजर्भ कोषमा १९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ ।
लघुवित्तको हालको चुक्ता पूँजी ६ करोड ८५ लाख रुपैयाँ रहेको लघुवित्तले १४ करोड ८१ लाख रुपैयाँ सापटी र ८६ करोड १५ लाख रुपैयाँ निक्षेपबाट १ अर्ब ४७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्