सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौं,१६ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट गरिएको हो ।
लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४६ हजार ७२९।५४५० कित्ता शेयर निष्काशन गरेको थियो । सो शेयरमा कुल १५ लाख ६४ हजार ४२३ आवेदन गरेको थियो । आवेदन मध्ये १ हजार १०१ आवेदन रद्द भएको छ ।
लघुवित्तको एफपिओमा आवेदन दिएका मध्ये ४ हजार ६७२ जनालाई १० कित्ताका दरले लघुवित्तको शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्