भारतको झारखण्डमा मुम्बई जाँदै गरेको मुम्बई-हावडा रेल दुर्घटना, दुईको मृत्यु २० जना घाइते

काठमाडौं,१५ साउन । भारतको झारखण्ड राज्यमा आज बिहान मुम्बईका लागि जाँदै गरेको मुम्बई -हावडा ट्रेन दुर्घटनामा परेको छ । मुम्बई-हावडा मेलका १८ डिब्बा पटरीबाट खस्दा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

हावडा सीएसएमटी एक्सप्रेस बिहान ३.४५ बजे जमशेदपुरबाट ८० किलोमिटर टाढा बडाबाम्बू नजिक पटरीबाट खसेको थियो । दुर्घटनाको सूचना पाएलगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगे र उद्धार र राहत कार्य जारी रहेको रेलवे अधिकारीहरूले बताएका छन् ।

हावडा-मुम्बई मेलको १८ डिब्बा बाराबाम्बू नजिक पटरीबाट खस्दा दुई जनाको मृत्यु भएको छ र २० जना घाइते भएका छन् । उद्धार कार्य जारी छ र एनडीआरएफको टोली घटनास्थलमा सक्रिय रुपमा काम गरि रहेको छ । पश्चिम सिंहभूमका डिप्टी कमिश्नर कुलदीप चौधरीले दुर्घटनास्थलमा क्याम्प राखेर उद्दारमा खटिरहेका छन्। पीटीआईलाई भने ।

रेलवेका वरिष्ठ अधिकारी ओमप्रकाश चरणका अनुसार घटनास्थल नजिकै एउटा मालगाडी पनि पटरीबाट खसेको थियो, तर दुईवटा दुर्घटना एकैसाथ भएको हो वा होइन भन्ने अझै स्पष्ट भइसकेको छैन ।

पटरीबाट खसेका १८ वटा डिब्बामध्ये १६ वटा यात्रुवाहक, एउटा पावर कार र एउटा पेन्ट्री कार रहेको उनले बताए ।

घाइतेहरूलाई रेलवेको मेडिकल टोलीले प्राथमिक उपचार गरेको अधिकारीहरूले भने, उनीहरूलाई अहिले राम्रो उपचारको लागि चक्रधरपुर लगिएको छ ।

के कारणले दुर्घटना भएकोे हो भन्नेबारे अनुसन्धान भइरहेको उनीहरुले बताए ।

अधिकारीहरूले दुर्घटनापछि रुटका धेरै रेलहरू रद्द वा डाइभर्ट गरिएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्