सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने
काठमाडौं,१४ साउन । सूर्योदय वोमी लघुवित्तको एफपीओ साउन १६ गते बाँडफाँट गर्ने तयारी गरेको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार बुधबार बिहान ८ बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यस एफपीओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेको छ । त्यसकारण गोलाप्रथाबाट एफपीओ बाँडफाँट हुनेछ । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पार्नेछन् । त्यसैगरि १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली हुनेछ ।
सूर्योदय वोमी लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।
प्रतिक्रिया दिनुहोस्