आफू विरूद्ध उजुरी परेपछि प्रधानले निर्वाचन आयुक्तबाट नाम फिर्ता लिए
काठमाडौं,१४ साउन । कृष्णमान प्रधानले निर्वाचन आयुक्तका लागि दिएको नाम फिर्ता लिएका छन् । निर्वाचन आयुक्तमा सिफारिस भएपनि आफू विरूद्ध उजुरी परेपछि प्रधानले नाम फिर्ता लिएका हुन् ।
यसअघि, संवैधानिक परिषद्ले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो । तर उनीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको थियो ।
उनको विषयमा निर्णय गर्न बिहान साढे ११ बजेका लागि बोलाइएको थियो । उक्त बैठक बेलुकी ५ बजेका लागि सारिएको छ । उनले निर्णय आफू विरूद्ध जाने देखेपछि आफ्नो नाम फिर्ता लिएका हुन ।
प्रतिक्रिया दिनुहोस्