संसदीय सुनुवाइ समितिको बैठक ५ घण्टापछि सर्यो
काठमाडौं,१४ साउन । संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानबारे निर्णय गर्न विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।
दलहरु आन्तरिक छलफलमा रहेकाले बैठक ५ बजेका लागि सारिएको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेले जानकारी दिए ।
प्रधान यौन शोषणको मुद्दामा मिलापत्र गरेको देखिएपछि उनलाई अनुमोदन नगर्न सबै क्षेत्रबाट चर्को दबाव आएको छ । त्यसैले थप छलफल गर्न केहि समय लाग्ने भएकोले बैठकको समय सरेको हो ।
प्रतिक्रिया दिनुहोस्