एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्न पाउने

काठमाडौं,१४ साउन । एशियन लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सका केहि संस्थापक शेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता शेयर बिक्री गर्न लागेका हुन् ।

संस्थापक शेयरधनीबाट शेयरहरू बिक्री गर्नका लागि निवेदन आएपछि कम्पनीले बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ बमोजिम बिक्री प्रक्रिया अघि बढाएको बताएको छ ।

उक्त संस्थापक शेयर खरिद गर्न संस्थापक शेयरधनीलाई प्राथमिकता दिएकोमा कुनै पनि शेयरधनीले खरिद नगरेकाले सर्वसाधारणलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक सर्वसाधारण तथा संस्थाले १५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय मैतीदेवी काठमाडौंमा निवेदन दिन सकिने छ । कम्पनीले शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्