पोखरा स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २८ जनाको उपचार हुँदै
काठमाडौ,१४ साउन । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
सो दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । दुर्घटना चालकले नियन्त्रण गुमाउन पुग्दा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माका अनुसार घाइते विद्यार्थीको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्