ठूला भ्रष्टाचारका फाइल खोलेपछि सरकार ढालियो भनेर लामिछानेले भ्रम फैलाउन खोजे

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने आरोप निराधार रहेको बताएका छन् । शर्माले विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।

आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले गृहमन्त्रालयले विभिन्न प्रकरणका फाइल खोलेको मिति प्रस्तुत गर्दै निवर्तमान गृहमन्त्री रवि लामिछानले फाइल खोलेका आधारमा सरकार ढालियो भन्ने भ्रम छर्न खोजेको समेत बताए । त्यसैले सरकार यस तर्फ सचेत हुन जरुरी छ ।

शर्माले लामिछाने गृहमन्त्री हुँदा हल्लामात्रै गरिएको भन्दै त्यसबीच कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहीयाबिरुद्धको फाइल खोजिएको र त्यो पनि पुष्टि हुन सकेको छैन । विभिन्न प्रकरणको अनुसन्धानलाई अघि बढाउने जिम्मेवारी नयाँ गृहमन्त्रीलाई आएको भन्दै पूर्वाग्रहमुक्त भएर अनुसन्धान गर्न सुझाव दिए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु टी–इस्टेट प्रकरणमा पनि छानविन हुनुपर्ने र त्यसमा मुछिएकालाई छुट दिन नहुने उल्लेख गरे । सरकारलाई विभिन्न सुझाव दिँदै शर्माले सुशासनलाई पहिलो प्राथमिकता बनाएर अघि बढ्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्