साउनदेखि सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुन्छः मन्त्री विष्ट

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुकै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित संघीय संरचनामा अस्थायी, करार, ज्यालादारी तथा ठेकेदारी कर्मचारीहरुको व्यवस्थापन सम्बन्धी अन्र्तरक्रियामा बोल्दै मन्त्री विष्टले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विष्टले श्रमजीविका समस्याबाट सरकार टाढा नरहने आश्वासन समेत दिए । आधारभूत तहका जनताको जीवनलाई माथि उठाउने अठोट सरकारले लिएको भन्दै उनले श्रम र सरकारलाई फरक ढंगले नबुझ्न आग्रह समेत गरे । श्रमजीवी जनताको सरकार हो भन्ने महसुस गर्ने गरि सरकारले व्यस्थापन गर्ने उल्लेख गर्दै उनले आफुलाई सरकार ठानेर सरकारको अभियानमा साथ दिन सम्पूर्ण श्रमजीविहरुलाई आव्हान गरे ।

मन्त्री विष्टले आगामी साउनदेखि श्रमिकहरुको न्यूनतम पारिश्रमिकमा बृद्धि गरिने र न्यूनतम भन्दा तल नरहने गरि सबै श्रमिकको पारिश्रमिकको सुनिश्चितता पनि प्रदान गरिने प्रतिबद्धता जनाए । सामाजिक सुरक्षा कार्यक्रममार्फत सुरक्षाको प्रत्याभूति दिने सन्र्दभमा सरकारले आवश्यक व्यवस्था मिलाउदै गरेको उल्लेख गर्दै मन्त्री विष्टले आगामी एक बर्षभित्र सामाजिक सुरक्षाको कार्यक्रम सुरु गरिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्