एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बेच्दै, न्यूनतम ५ हजार कित्ताका किन्नु पर्ने

काठमाडौं,१३ साउन । एनआईसी एशिया बैंकले सूर्यज्योती लाइफ इन्स्योरेन्सको सेयर बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको ९२ हजार ३४९ कित्ता संस्थापक सेयर आज साउन १३ गतेदेखि बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखेको सूर्यज्योती लाइफको उक्त सेयरको मूल्य प्रतिकित्ता १७१ रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले साउन १८ गतेसम्म आवेदन दिनुपर्नेछ । उक्त सेयरमा न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने सूचनामा छ ।

बैंक स्वामित्वमा रहेको इन्स्योरेन्सको यस सेयर बिक्री प्रबन्धकमा एनआर्ईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्