मौद्रिक नीतिको प्रभाव शेयर बजारमा सकारात्मक सर्किट, २० मिनेटको लागि बजार बन्द
काठमाडौ, १३ साउन । मौद्रिक नीतिपछि नेप्से सूचक सर्किट लागेर बन्द भएको छ । यसलाई शेयर बजारका अगुवाहरुले मौद्रिक नीतिको प्रभावको रुपमा लिएका छन् ।
बजार खुलेको पहिलो १ मिनेट ३१ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेर २० मिनेटको लागि शेयर कारोबार बन्द भएको हो ।
यसबीच २२८ वटा कम्पनीको कारोबार भएकोमा २०४ कम्पनीको शेयर भाउ बढ्को छ । १४ कम्पनीको घटेको छ भने ८ वटाको कुनै घटबढ भएको छैन । १०२.६८ अंक बढ्दा २७ करोड २० लाख ९५ हजार ३ सय सात रुपैयाँ १० पैसाको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्