भारतबाट दुइटा चुम्बक ल्याइ बस खोजि कार्यलाई तिब्रता दिए

काठमाडौं, १२ साउन । १५ दिन अघि चितवनको भरतपुर महानगरपालिका, २९ स्थित सिमलतालमा आएको पहिरोको भेलले त्रिशूलीमा खसेको बसको खोजीकार्य जारी छ। खोजि गर्दै गर्दा केही शव भने फेला परे तर अधिकांश वेपत्ताहरुको पत्तो छैन । यसलाई मध्यनजर गर्दै शनिबार मध्याह्नदेखि खोजी कार्य पुनः थालिएको छ। यसपटक भारतबाट दुइटा चुम्बक ल्याइ बस खोजि कार्यलाई तिब्रता दिएको छ। १९ किलो र १४ किलोको दुइटा चुम्बक पानीमा खसालेर बेपत्ता बसको खोजी सुरू भएको छ।

प्रमुख जिल्ला अधिकारी यादवकाअनुसार संभावित स्थानमा बस रहे नरहेको पत्ता लगाउन भारतीय टोलीले ‘म्याग्नेटिक डिभाइस’ (ठूलो चुम्बक) ल्याएको थियो।

‘चुम्बक लगेर नदीका संभावित स्थान खसालिनेछ। बस रहेछ भने त चुम्बक टाँसिइहाल्छ,’ चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘चुम्बकमार्फत फलाम रहेको थाहा भएमा गोताखोरलाई पानीभित्र पठाइनेछ।’

उनका अनुसार आजको खोजी अन्तिम प्रयाससमेत हो। ‘आज दिनभरको प्रयासपछिमात्रै भोलिदेखि खोज्ने कि नखोज्ने भन्ने निर्णय गर्नेछौं,’ यादवले भने, ‘भारतबाट आएको टोलीलेसकेको प्रयास गरिरहेको छ। उहाँहरु आएको पनि एक हप्ता भइसक्यो। अन्तिम प्रयास पनि सफल भएन भने आगामी दिनमा के गर्ने भन्ने निर्णय गर्नुपर्छ।’

यसअघि सोनार क्यामेरा, चुम्बक र अन्य उपकरण प्रयोग गरी बसको खोजी भएको थियो तर अहिलेसम्म भेटिएको छैन। असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए।

गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्रू रहेको अनुमान गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी भावेष रिमालकाअनुसार अहिलेसम्म १९ जना यात्रुको शव भेटिएको छ। सनाखत भएका शवमध्ये ५ जना भारतीयका हुन्। यसले यो खाजि कार्यलाई निरन्तर्ता दिएकाृ छ ।

प्रतिक्रिया दिनुहोस्