बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षा

,काठमाडौं, १२ साउन। यो मध्य श्रावणमा देशभर मनसुनी वायुको प्रभाव कायमै छ । धान रोपाई करिब करिक सिद्धिएको अस्था छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर साधारणतया बदली रही केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्