सौर्य एयरलाइन्सको विमान दुर्घटनाका परिवारले शव बुझे

काठमाडौं, ११ साउन । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका  परिवारले शव  बुझेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् ।

केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ ।

बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्