एन्फाको अध्यक्षमा कर्मा छिरिङ विजयी , गणेश थापा युगको अन्त्य

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी हुनुभएको छ ।

शनिबार ललितपुरमा भएको चुनावबाट उहाँ प्रतिस्पर्धी मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो । शेर्पाले ६३ र कुँवरले १२ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

कर्मा समुहले अध्यक्ष सहित ४ उपाध्यक्ष र १२ जनै केन्द्रिय सदस्य जितेको छ । यो नतिजासंगै नेपाली फुटवलमा गणेश थापा युगको अन्त्य भएको छ । शेर्पा लामो समयदेखि एन्फा शुद्धिकरणको अभियान चलाइरहेका एन्फाकै पुर्व पदाधिकारी हुनुहुन्छ ।

एन्फाको उपाध्यक्षमा कर्मा समुहकै पंकजविक्रम नेम्वाङ, उपेन्द्रमान सिंह, कृष्णवहादुर थापा र वीरबहादुर खड्का विजयी भएका छन् । नेम्वाङले ६१ सिहंले ५८ थापाले ५२ र खडकाले ३९ मत पाएको निर्वाचन समितिले जनाएको छ । ४ जना उपाध्यक्षका लागि ९ जना चुनावी प्रतिस्पर्धामा थिए ।

यस्तै, नयाँ कार्यसमितिको सदस्यमा दावा लामा ५६ दिनेश ब्यन्जनकार ५५ दीर्घबहादुर केसी ५५, पूर्णमान चित्रकार ५५, बिजय घले, ५३ निरोज खड्की ५२, किरण राइ ५०, मधुसूदन उपाध्याय ४८, प्रदेशसिंह राठोर ४८, रत्नकुमार श्रेष्ठ ४८ रबिन्द्रनाथ श्रेष्ठ ४२ विजयी भएका छज् । ११ जनाको लागी २९ जना उम्मेद्वार थिए ।

महिला सदस्यमा यसअघि नै पेम्बा लामा निर्बिरोध निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्