सौर्यको जहाज दुर्घटनामा घाइते क्याप्टेन शाक्यको स्वास्थ्य अवस्थामा सुधार

कठमाडौं,११ साउन । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेका क्याप्टेन मनीषरत्न शाक्यलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ ।

उनको स्वास्थ्यमा आएको सुधार संगै बिहीबार साँझ आइसियूबाट बाहिर निकालिएको अस्पतालकी निर्देशक प्रा.डा. मीना थापाले जानकारी दिएकी हुन ।

डा.थापाका अनुसार क्याप्टेन शाक्यको स्वास्थ्यमा सुधार देखिएको छ । ‘उहाँको स्वास्थ्य अवस्था सुधारउन्मुख छ, उहाँ अहिले क्रिटिकल हुनुहुन्न । त्यसैले हिजो साँझ नै हामीले आइसियूबाट बाहिर निकालेका छौं,’ उनल भनिन् ।

शाक्यको अनुहार, आँखा, नाक, टाउकोमा चोटहरू, ढाडको एउटा हड्डी र देव्रे पट्टी तीन वटा करंगहरू भाँचिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्