सन्दिपविरुद्ध पुनरावेदन नगर्न आग्रह गर्दै निवेदन

काठमाडौं,११ साउन । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला-२६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ ।

क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतबाट फैसला भएको हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।

एक किशोरी आएर निवेदन छाडेकी उच्च सरकारी वकिलको कार्यालय स्रोतले भन्यो, ‘यो मुद्दाको कारण मलाई अन्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला भन्ने आग्रह गरिएको पत्र प्राप्त भएका जनाएको छ ।

यस मुद्दामा सम्मानित जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियोे । तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।

उच्च अदालतको फैसला बदर गर्नुपर्ने मागसहित सरकारी वकिल र पीडित गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन लिएर जाने बाटो खुला छ । उच्च अदालतको फैसला सार्वजनिक भइसकेपछि उच्च सरकारी वकिलको कार्यालयमा निवेदन पेश भएको हो । यदि गौशाला – २६ को निवेदन  हो भने सन्दिप लामिछानेले यस मुद्दाबाट छुट्कारा पाउने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्