मुख्य सचिवमा लीलादेवी गड्तौला नियुक्त, मुख्य सचिव बन्ने पहिलो महिला

काठमाडौं,१० साउन । सरकारले मुख्य सचिवमा लीलादेवी गड्तौलालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

गड्तौला नेपालको निजामती सेवाको उच्च पद मुख्य सचिव बन्ने पहिलो महिला भएकी छन् । उनी कायम मुकायम मुख्य सचिव हुन् ।

गड्तौला छोटो समयको लागि मुख्य बन्ने छिन् । ५८ वर्ष उमेर हदका कारण गड्तौला २०८१ को भदौ १५ मा अनिवार्य अवकाशमा जाने भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्